सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

Mar 4, 2026

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी र सर्वसाधारणका लागि कुल २५,००० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। साविकका संस्थापकहरुबाट खरिद आवेदन नपरेपछि कम्पनीले यो सूचना जारी गरेको हो।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मिति २०८२ फागुन २० बाट १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट-२, नवलपरासीमा आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य प्रचलित नियमानुसार र सञ्चालक समितिको निर्णय बमोजिम तय हुने व्यहोरा सूचनामा उल्लेख छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स