प्रिमियम मूल्यमा आईपीओ निष्काशनका लागि ८ वटा उत्पादन कम्पनीको आवेदन

Jun 21, 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आठवटा उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका छन्। यसरी आवेदन दिनेहरूमा जगदम्बा स्टील्स, शौर्य सिमेन्ट, मारुती सिमेन्ट्स र रिद्धिसिद्धि सिमेन्ट जस्ता ठूला उद्योगहरू रहेका छन्।

यी कम्पनीहरूले ३३० देखि ४२६ रुपैयाँसम्मको प्रिमियम मूल्य प्रस्ताव गरेका छन्। जगदम्बा स्टील्सले सबैभन्दा धेरै २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ भने मारुती सिमेन्ट्सले प्रतिसेयर ४२६ रुपैयाँ मूल्य तोकेको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स