धौलागिरी लघुवित्तको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित

Mar 12, 2026

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ। संस्थाको ४४ औं बैठकले बाह्य लेखापरीक्षण प्रतिवेदनसहितका विवरणहरू पारित गरी नियामक निकायमा पठाउने निर्णय गरेको हो।

यस पटक संस्थाले कुनै लाभांश प्रस्ताव नगरी वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने जानकारी दिएको छ। २०८२ असार मसान्तसम्मको वासलात र नाफा नोक्सान हिसाब साधारण सभा प्रयोजनका लागि अघि बढाइएको छ।
थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स