धौलागिरी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा आह्वान, बुक क्लोजको मिति तय

Apr 5, 2026

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा आउँदो वैशाख २२ गते मंगलवार बिहान ११ बजे बागलुङको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभाको प्रयोजनका लागि कम्पनीले वैशाख १० गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ।

संस्थाको सञ्चालक समितिको ४७औं बैठकले उक्त निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ र यस पटकको सभामा हकप्रद, बोनस वा नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव उल्लेख गरिएको छैन।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स