आदिवासी जनजातिका लागि प्रतिष्पर्धात्मक अनुदानको प्रस्ताव आह्वान

May 19, 2026

विश्व बैंकको सहयोगमा सञ्चालित डिजीएम नेपाल परियोजनाले मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति तथा स्थानीय समुदायको समृद्धिका लागि प्रतिष्पर्धात्मक अनुदानको प्रस्ताव आह्वान गरेको छ। नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा कार्यान्वयन भइरहेको यस कार्यक्रमले वन तथा गैर-काष्ठ वन पैदावरमा आधारित लघुउद्यम विकास, जलवायु परिवर्तन न्यूनीकरण र दिगो वन व्यवस्थापनलाई प्राथमिकता दिएको छ।

इच्छुक योग्य आदिवासी जनजाति संस्था वा सामुदायिक समूहहरूले अधिकतम ६४ लाख रुपैयाँसम्मको बजेटसहित २०८३ साल बैशाख २४ गतेदेखि जेष्ठ ७ गते (७ देखि २१ मे २०२६) भित्र आवेदन दिन सक्नेछन्। आवेदनका लागि संस्था दर्ता कागजात, प्रोफाइल र अडिट प्रतिवेदन आवश्यक पर्नेछ र थप जानकारी वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स