सामाजिक सञ्जालमा गुनासो आएपछि माउन्टेन ड्यू उत्पादक वरुण वेभरेजमा खाद्य विभागको अनुगमन

May 15, 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन ड्यू सेवन गर्दा स्वास्थ्य समस्या देखिएको भिडियो सार्वजनिक गरेपछि वरुण वेभरेजमा अनुगमन गरेको छ। तारकेश्वर नगरपालिकाका उपभोक्ताको गुनासोपछि विभागको टोलीले काठमाडौंको पेप्सीकोलास्थित उद्योगमा पुगेर ब्याच नं. १६८ को उत्पादनमाथि निरीक्षण गरेको हो।

अनुगमनका क्रममा विभागले उक्त ब्याचको उत्पादनमा प्रयोग भएको कच्चा पदार्थको विस्तृत विवरण ५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। साथै, प्रयोगशालाको विश्लेषण प्रतिवेदन नआएसम्म उक्त विशिष्ट ब्याचका पेय पदार्थको बिक्री वितरण नगर्न व्यवसायी र डिलरहरूलाई रोक लगाइएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स