भूमि व्यवस्थापन तथा अभिलेख विभागले अनुमति प्राप्त कम्पनीमार्फत मात्र घरजग्गा कारोबार गर्नुपर्ने साविकको व्यवस्थालाई हालका लागि स्थगित गरेको छ। अर्को आदेश नभएसम्मका लागि पुरानै प्रक्रिया अनुसार कार्य सञ्चालन गर्न विभागले देशभरका मालपोत कार्यालयहरूलाई निर्देशन दिएको छ।
महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबारमा अनिवार्य गरिएको यो व्यवस्था प्राविधिक तयारीको कमीका कारण रोकिएको हो। भू-सेवा केन्द्र सञ्चालन अनुमति प्राप्त नहुन्जेलसम्मका लागि २०८२ फागुन १९ गतेको निर्णय अनुसार यो स्थगन लागू हुनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
