छिमेक लघुवित्तद्वारा संस्थापक सेयर बिक्रीको आह्वान

Mar 30, 2026

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी पवन कुमार शर्माले आफ्नो नाममा रहेको ८,०९६ कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव गर्नुभएको छ। यो सेयरको न्यूनतम मूल्य प्रति कित्ता ५०० रुपैयाँ तोकिएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मिति (२०८२/१२/१६) ले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र आवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स