अपि पावर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराई नियुक्त

Mar 30, 2026

अपि पावर कम्पनी लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कम्पनीको मिति चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले शिशिर भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भएका भट्टराईको नियुक्ति चैत १७ गतेदेखि लागू हुनेछ। कम्पनीले यसबारे नेपाल स्टक एक्सचेन्ज लगायतका सम्बन्धित निकायहरूलाई औपचारिक जानकारी गराएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स