अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक फर्म, संस्था वा कम्पनीहरूलाई सूचीदर्ता गराउन सूचना प्रकाशित गरेको छ। इच्छुक प्रदायकहरूले फुटबल खेल सामाग्री, पोसाक, विज्ञापन, मर्मत सम्भार, परामर्श, होटल, स्टेशनरी र अन्य विविध ३० वटा शीर्षकहरूमा छुट्टाछुट्टै निवेदन दिन सक्नेछन्।
आवेदनका लागि नवीकरण भएको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, आ.व. २०८२/८३ को कर चुक्ता प्रमाणपत्र र कालो सूचीमा नपरेको प्रतिबद्धता पत्र सहित एन्फा कम्प्लेक्स सातदोबाटोमा वा अनलाइन गुगल फर्म मार्फत बुझाउनुपर्नेछ। थप जानकारीका लागि एन्फाको खरिद विभागमा सम्पर्क गर्न सकिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
