इवा खोलामा ४.१० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुँदै



Advertisement
Ads

ताप्लेजुङ र पाँचथर जिल्लाको सीमाबाट बग्ने इवा खोलामा ४.१० मेगावाट क्षमताको ‘सबैभन्दा माथिल्लो इवाखोला जलविद्युत् आयोजना’ निर्माण हुने भएको छ। यस आयोजना निर्माणका लागि टिम्वुङ पोखरी हाइड्रो प्रालिले आवश्यक स्वीकृति माग्दै विद्युत् विकास विभागमा निवेदन दिएको छ।

कम्पनीका अनुसार, इवा खोलामा बाँध निर्माण गरी त्यसको दायाँ किनारमा बनाइने फ्रन्टल इन्टेकमार्फत पानी मोडिनेछ। त्यसपछि पानीलाई ग्राभेल ट्रयाप, सेटलिङ बेसिन र प्रेसर पाइप हुँदै विद्युत् गृहसम्म ल्याइनेछ। आयोजनाका सबै संरचनाहरू खोलाको दायाँ किनारमै रहने छन्।


Advertisement

यो आयोजना नदी प्रवाहमा आधारित (Run-of-River) प्रकृतिको हुनेछ। यस अन्तर्गत खोलामा निर्माण हुने बाँधको लम्बाइ २३ मिटर र उचाइ ३ मिटर हुनेछ। आयोजनाको १९५ मिटर ग्रस हेड रहनेछ र यसबाट वार्षिक सरदर २४.३७१ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान छ। उत्पादन हुने विद्युत् ३३ केभी क्षमताको २५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको अमरपुर सब-स्टेशनमा जोडिनेछ, जसबाट यो राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ।

उक्त आयोजना २०८५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको हो। आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) प्रतिवेदन समेत तयार भइसकेको छ। आयोजना वातावरणमा उल्लेखनीय प्रभाव पार्न सक्ने भएकाले विभागले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै नागरिकहरूलाई लेखित सुझाव, प्रतिक्रिया वा राय पेश गर्न आग्रह गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर