देशभर ३६ हजार किलोमिटर सडक निर्माण, ७२% घरमा डिजिटल टीभीको पहुँच

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १५ गते
देशभर ३६ हजार किलोमिटर सडक निर्माण, ७२% घरमा डिजिटल टीभीको पहुँच

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै देशको भौतिक र डिजिटल पूर्वाधारमा देखिएको महत्वपूर्ण प्रगतिबारे जानकारी दिएका छन्।

उनका अनुसार, सङ्घीय सरकारद्वारा निर्माण गरिएको रणनीतिक सडक सञ्जाल र स्थानीय तहका सडकहरू समेत गरी हाल देशभर सडक सञ्जालको लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ।

सर्वेक्षणअनुसार, इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स