४ पटक प्रधानमन्त्री बनेका ओलीले २२ अर्ब उठाइएन भन्ने प्रश्न कसलाई सोध्ने?

४ पटक प्रधानमन्त्री बनेका ओलीले २२ अर्ब उठाइएन भन्ने प्रश्न कसलाई सोध्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको फेसबुक पोस्टमा विगत ९ वर्षमा सरकारले उठाउनुपर्ने २२ अर्ब रुपैयाँ महसुल किन उठाइएन भन्ने गम्भीर प्रश्न उठाएका छन्। उनले उक्त पोस्टमार्फत्, विगतका सरकार महसुल उठाउन किन असफल भयो, र किन १६ अर्ब रुपैयाँ छुट दिइयो भन्ने विषयमा जवाफ खोज्नुपर्ने बताउँदै, औद्योगिक क्षेत्रका बक्यौता अनिवार्य रूपमा उठाउनुपर्ने माग गरेका छन्।

ओलीको दावी: ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ
प्रधानमन्त्री ओलीले आफ्नो पोस्टमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको आशंकाको खण्डन गर्दै ९ वर्षसम्म २१ अर्ब ८८ करोड रुपैयाँ महसुल किन उठाइएन र १६ अर्ब रुपैयाँको छुट किन दिइयो? भन्ने प्रश्न गरेका छन्। पछिल्लो ९ वर्षमा ४ पटक प्रधानमन्त्री बनेका ओलीले २२ अर्ब उठाइएन भन्ने प्रश्न कसलाई सोध्ने?

पछिल्लो समय डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल जुनसुकै हालतमा उठाउने कसरत गरेका विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको कटु आलोचना र उनलाई निर्देशकको पदबाटै हटाउने तयारी गरेका प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, “उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरूबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन,” ओलीले आफ्नो पोस्टमा भनेका छन्। उनले यस बक्यौता रकमलाई ६ अर्बको मात्र होइन, २२ अर्बको हुने दाबी गर्दै, सरकारलाई यो रकम अनिवार्य रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्।

नेतृत्वमा अधिकांश समय ओली

तर, यो प्रश्नले ओलीकै नेतृत्वमाथि पनि प्रश्न उठाएको छ। विगत ९ वर्षमा ओली चार पटकसम्म मुलुकको प्रधानमन्त्री बनेका छन्। उनले २०७२ सालदेखि २०७३ सालसम्म पहिलो पटक प्रधानमन्त्रीको कार्यकाल सम्हाले। त्यसपछि, २०७४ सालदेखि २०७८ सालसम्म दोस्रो कार्यकालमा सरकारको नेतृत्व गरेका थिए। उनी तेस्रो पटक २०७८ सालमा प्रधानमन्त्री बनेका थिए र अहिले चौथो पटक २०८१ सालदेखि पुनः प्रधानमन्त्रीको कुर्सीमा छन्।

यो अवधिमा ओलीले करिब ४ वर्षभन्दा बढी समय सरकारको नेतृत्व सम्हालेका छन्। त्यसैले, उनलाई जनताले प्रश्न गरिरहेका छन् कि ९ वर्षमा लगभग आधा समय प्रधानमन्त्री बनेका ओलीले यो समस्या समाधान किन नगरेका हुन्? उनलाई फेसबुक कमेन्टमा प्रश्न आएको छ,”ओलीले ९ वर्षमा लगभग आधा समय आफैं प्रधानमन्त्री भएर बस्दा के हेरेर बसेका थिए?”

Screenshot 2024 08 26 111159 https://bajarkochirfar.com/%e0%a5%aa-%e0%a4%aa%e0%a4%9f%e0%a4%95-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%ac%e0%a4%a8%e0%a5%87%e0%a4%95 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स