बजारको चिरफारको एक्सक्लुसिभ कार्यक्रम ‘सेयर जोडी’ मा हामीले क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नम्बर ६२) का कार्यकारी प्रमूख अतित लाल श्रेष्ठ र स्वेता श्रेष्ठको जोडीलाई प्रस्तुत गरेका छौं। अतित लाल श्रेष्ठ मेरोलगानी डट कमका पूर्व सीईओ समेत हुन्। नेपालको सेयर बजारलाई नजिकबाट नियालेका श्रेष्ठ चर्चित सेयर विश्लेषक समेत हुन्।
सो कार्यक्रममा अहिलेको बजारको अवस्थाबारे बोल्दै रातपछि दिन आउने र अहिले झिसमिसे उज्यालो हुने क्रममा रहेको बताउँदै सानो नीतिगत परिवर्तनले पनि उच्च अंकले बजार बढ्नसक्ने स्थिती रहेको धारणा उनले व्यक्त गरे। आफूले १४०० रुपैयाँ हालेर किनेको सेयर २०० रुपैयाँमा बेचेको तितो अनुभव सुनाउँदै बजारमा सफल हुन निरन्तरको सिकाई र अनुभवको आवश्यकता पर्ने पनि उनी बताउँछन्।
अनुभवी र बजार बुझेका लगानीकर्ताको लागि अहिले पनि ‘बुल’ नै भएको भन्दै २०० को कम्पनी ६०० रुपैँया प्रति कित्ता पुगिसकेको उदाहरण उनले पेश गरे। श्रेष्ठ भन्छन, ‘बजार बुझेकाहरुको लागि अहिलेको नेप्से इन्डेक्स ४००० हो।’

















प्रतिकृया