सन्तोष नारायण श्रेष्ठ बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
सन्तोष नारायण श्रेष्ठ बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

बोर्ड अध्यक्ष पदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा लागि गठित सिफारिस समितिले डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, र सन्तोष नारायण श्रेष्ठ को नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। धितोपत्र बोर्ड लगभग एक वर्षदेखि नेतृत्वविहीन थियो। अन्ततः मन्त्रिपरिषद्ले श्रेष्ठलाई यो जिम्मेवारी दिने निर्णय गर्‍यो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स