लाभांश पारित गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बोलायो वार्षिक साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १ गते
लाभांश पारित गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बोलायो वार्षिक साधारणसभा

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले असोज २३ गते १५ औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको लागि ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ (करसहित) नगद लाभांश पारित गर्नेछ । सभामा वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । नियमावलीको नियम ३१ को उपनियम २ मा संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गते एक दिन बुक क्लोज गर्नेछ । यसका आधारमा असोज १६ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स