पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पनि विभिन्न जिल्लामा प्रदर्शन जारी राख्ने भएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न स्थानमा विरोध कार्यक्रम गर्ने जानकारी दिएका छन्।
लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए। पक्राउको दिन राति उनलाई पोखरा लगिए पनि शनिबार परेकोले कात्तिक ४ गतेमात्र जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो। पक्राउको पहिलो दिनदेखि गणना हुनेगरी ७ दिनको म्याद थपिएको थियो।
त्यसपछि दोस्रो पटक म्याद १५ गते समाप्त भएपछि मंगलबार तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरियो, जहाँ अदालतले १५ गतेदेखि गणना हुने गरी थप १० दिन म्याद थप्न अनुमति दियो।
अदालत परिसरमा उनका समर्थकहरूले नाराबाजी र प्रदर्शन गरेका थिए। निषेधित घेरा तोडेको आरोपमा १५ जना समर्थक पक्राउ परेका थिए भने भिड नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो। प्रवक्ता झाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको घोर भर्त्सना गरेका छन्।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया