राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि सुरु भएको पार्टीको आन्दोलनलाई निरन्तरता दिने विषयमा पार्टीभित्र मतभेद देखा परेको छ। केही नेताहरूले आन्दोलनले पार्टीलाई ब्याकफायर गर्ने चेतावनी दिँदै असन्तुष्टि जनाएका छन्।
रास्वपाले मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरे पनि आन्दोलनको मोडालिटी अझै तय हुन सकेको छैन। मंगलबार आकस्मिक केन्द्रीय समितिको बैठक बसेको थियो, तर निष्कर्षमा पुग्न नसकेपछि बैठक स्थगित गरी आज दिउँसो ३ बजे पुनः बस्ने तय गरिएको छ।
सहमहामन्त्री सुमना श्रेष्ठलगायत केही नेताहरूले आन्दोलन स्थगित गर्नुपर्ने र सडकमा आउनु परे जनसरोकारका मुद्दा उठाउनुपर्ने धारणा राखेका छन्। सांसद असिम शाहले न्यायालयलाई प्रभावित पार्न नहुने भन्दै आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन्।
तर, उपसभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटी, र सहमहामन्त्री विपीनकुमार आचार्यजस्ता नेताहरू आन्दोलन चर्काउनुपर्ने पक्षमा छन्। हिरासतमा रहेका सभापति लामिछानेले समेत आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिएको बताइएको छ।
आजको बैठकमा रास्वपामा आन्दोलनको रणनीति तय गर्ने र पार्टीभित्र समान धारणा बनाउने तयारी छ। सहमहामन्त्री सुमना श्रेष्ठले सहकारी पीडितहरूको मुद्दा राजनीतिकरण भएको भन्दै यसमा छलफल हुने बताइन्। गत हप्ता उपसभापति अर्याल, स्वर्णिम वाग्ले, र प्रवक्ता मनिष झाले लामिछानेलाई भेटेर आन्दोलनका लागि निर्देशन लिएका थिए, तर पार्टीले आन्दोलन प्रभावकारी बनाउन कठिनाइ झेलिरहेको छ।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया