मौद्रिक नीतिको समीक्षा वैशाख अन्तिम सातामात्रै

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख १० गते
मौद्रिक नीतिको समीक्षा वैशाख अन्तिम सातामात्रै

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा वैशाख अन्तिम साता मात्रै गर्ने भएको छ। वैशाख १४ गते ६९ औं वार्षिकोत्सवको तयारीमा रहेको नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरु सो को तयारीमा व्यस्त छन्। वार्षिकोत्सव पछि मात्रै समीक्षाको तयारीमा उच्च व्यवस्थापन लाग्नेछ। त्यस्तै चैत मसान्तसम्मका सबै तथ्याङ्कहरु आईनसकेकाले तथ्याङ्कहरु आईसकेपछि ति तथ्याङ्कहरुको अध्ययन पश्चात मौद्रिक नितीको समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक रहेको बुझिएको छ।

बजारको चिरफारसंग कुराकानी गर्दै राष्ट्र बैंकका सह प्रवक्ता डा. डिल्ली राम पोखरेलले तेस्रो त्रैमासिक समीक्षामा खासै ठूलो नीतिगत परिवर्तन नहुनसक्ने बताए। साउनमा नयाँ मौद्रिक नीति नै आउने भएकाले आवश्यक महत्वपूर्ण कुराहरु सोहिमार्फत आउन सक्ने हुँदा अहिलेलाई खासै ठूलो नीतिगत परिवर्तन नहुन सक्ने तर्फ संकेत गर्दै अहिलेसम्म मौद्रिक नीति समीक्षाका बारेमा खासै छलफल नभएको पनि उनले बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स