मधेस प्रदेशमा सरकार विस्तार गर्ने विषयमा सहमति भएको छ । मुख्यमन्त्री शतिसकुमार सिंहले अर्थमन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि सरकार विस्तारको सहमति भएको हो ।
कांग्रेसले अर्थमन्त्रालय नदिएमा सरकार छोड्ने धम्की दिएपछि सरकार विस्तार हुन सकेको थिएन । अब नयाँ सहमति अनुसार कांग्रेसले अर्थमन्त्रालयसहित कृषि, उर्जा र श्रम मन्त्रालय पाउने भएको छ ।
कांग्रेसबाट सांसद सुनिल यादव अर्थमन्त्री बन्ने भएका छन् । यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बन्ने भएका छन् ।
कांग्रेसका चार मन्त्रीले आजै साँझसम्म सपथ लिने बताइएको छ ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया