राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्राउविरुद्ध मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेको थियो, जहाँ प्रदर्शनकारीहरूमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।
रास्वपाले राजनीतिक प्रतिशोध, अन्याय, भ्रष्टाचार, र विकृति विरुद्धको शान्तिपूर्ण प्रदर्शन बालुवाटारमा आयोजना गरेको थियो, जुन क्षेत्र निषेधित मानिन्छ। प्रदर्शनका क्रममा रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, र सदस्यहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासमेत १७ जनालाई प्रहरीले पक्राउ गरेको रास्वपाले जनाएको छ।
रास्वपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेको भन्दै विरोध प्रकट गरेको छ।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया