नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेप्रति अविश्वास गर्न थालेपछि कांग्रेससंग सहकार्य गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले कहिले एमाले, कहिले कांग्रेससँग मिलेर सरकारको अवधि लम्ब्याउन थालेपछि मुलुकको समस्या समाधान गर्न दुई पार्टी मिलेको बताए ।
भट्टराई भन्छन्, ‘दिनहरु बित्दै जाँदा प्रधानमन्त्रीले जादुमय अंक भनिरहनुभएको थियो, त्यो जादुमय अंकले नेकपा एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो, हामीले गाइगुइँ गाइगुइँ सुन्यौं, माननीय शेरबहादुर देउवालाई बोलाएर राष्ट्रिय सरकार बनाऔं भन्ने प्रस्ताव अगाडि बढाउनुभएछ’




















प्रतिकृया