दुई महिनामा दोस्रो पटक पक्राउ परे दुर्गा प्रसाईं, अनुसन्धान प्रक्रिया अघि बढ्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
दुई महिनामा दोस्रो पटक पक्राउ परे दुर्गा प्रसाईं, अनुसन्धान प्रक्रिया अघि बढ्दै

बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई जेलबाट छुटेको दुई महिना नपुग्दै दोस्रो पटक प्रहरीले पक्राउ गरेको छ। उनलाई २०८१ असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो र असोज १५ गते एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

आज २०८१ मंसिर ४ गते प्रसाईंलाई सामाजिक सञ्जालमा किर्ते कागज बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै अफवाह फैलाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनः पक्राउ गरेको हो। साइबर अपराधसम्बन्धी कसुरको अभियोगमा उनलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको हो र प्रहरीले आजै अदालतमा उपस्थित गराई अनुसन्धान प्रक्रिया अघि बढाउने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स