राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनको तयारीका लागि सात प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ। केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले प्रदेशगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
कोशी प्रदेशका लागि सांसद निशा डाँगी, मधेश प्रदेशका लागि सांसद डा. चन्दा कार्की, बागमती प्रदेशका लागि सांसद शिशिर खनाल, गण्डकी प्रदेशका लागि सांसद विन्दवासिनी कंसाकार, लुम्बिनी प्रदेशका लागि केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णाली प्रदेशका लागि कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिम प्रदेशका लागि विष्णुपुकार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
उम्मेदवार छनोटको प्रक्रिया सुरु गरिएको छ र इच्छुक उम्मेदवारहरूले आजदेखि नाम दर्ता गर्न सक्ने छन्। उम्मेदवार दर्ताको अवधि २५ कात्तिकसम्म तय गरिएको छ। २५ कात्तिकको साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशित हुनेछ, र २६ कात्तिकमा दाबी र विरोधको समय तोकिएको छ। २७ कात्तिकमा उम्मेदवारसँग छलफल र अन्तिम नामावली प्रकाशन गरिने छ।
उपनिर्वाचन मंसिर १६ गते ४४ रिक्त पदका लागि हुनेछ, र उम्मेदवारी दर्ता मंसिर २ गते हुने छ।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया