अमेरिकी टेक कम्पनी एप्पलले आज आफ्नो बहुप्रतीक्षित ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दैछ। नेपाली समयअनुसार राति १०:४५ बाट सुरू हुने एप्पल इभेन्टमा ‘आइफोन १६ सिरिज’सँगै एप्पल वाच, एयरपड्सलगायतका अन्य डिभाइसहरू पनि सार्वजनिक गरिनेछ। एप्पल इभेन्ट एप्पल टिभी र एप्पलको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।
नयाँ ‘आइफोन १६ सिरिज’मा सफ्टवेयर सुधार र एआई सुविधाहरू समावेश हुने अनुमान गरिएको छ भने आइफोनको नयाँ मोडेलको घोषणा अगाडि नै यसका विभिन्न फिचरहरू सार्वजनिक भईसकेका थिए ।




















प्रतिकृया