अर्थमन्त्रीलाई भेटेर लगानीकर्ताहरूले राखे चार नीतिगत संशोधनको माग

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १६ गते
अर्थमन्त्रीलाई भेटेर लगानीकर्ताहरूले राखे चार नीतिगत संशोधनको माग

आज (आईतबार) लगानीकर्ताहरूको एक समूहले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी चार महत्वपूर्ण नीतिगत संशोधनको माग गरेका छन्। भेटमा सहभागी लगानीकर्ता गोपाल स्वामीका अनुसार, अर्थमन्त्रीले लगानीकर्ताहरूको मागलाई सकारात्मक रूपमा लिएको र तत्काल सम्बोधन गर्न सकिने विषयहरूलाई अगाडि बढाउने तथा अन्य विषयमा आवश्यक अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लगानीकर्ताहरूले अर्थमन्त्री पौडेललाई नेपालको बजार पूँजीकरणको गणनामा रहेको असमानताको विषयमा ध्यानाकर्षण गराए। उनीहरूले वर्तमान बजार पूँजीकरणलाई वैज्ञानिक रूपमा गणना नगरिएको र हाल नेप्सेमा सूचीकृत सबै सेयरलाई साधारण सेयरको अन्तिम मूल्यले गुणन गरेर जोड्नु अव्यावहारिक भएको बताए। यसलाई संशोधन गर्न सुझाव दिँदै, संस्थापक सेयरको मूल्य गणना संस्थापक सेयरको अन्तिम कारोबार मूल्यका आधारमा, र साधारण सेयरको मूल्य गणना साधारण सेयरको अन्तिम मूल्यका आधारमा हुनुपर्ने माग राखेका छन्। साथै, लक-इन अवधि नसकिएको संस्थापक सेयरको मूल्यलाई पनि वैज्ञानिक तरिकाले गणना गरेर समग्र बजार पूँजीकरण निकाल्नुपर्ने उनको धारणा छ।

त्यस्तै, लगानीकर्ताहरूले सेयर धितो कर्जामा रहेको १००% जोखिम भारको व्यवस्थालाई परिवर्तन गर्न माग गरेका छन्। हालको नीतिअनुसार, रु. ५० लाखसम्मको सेयर धितो कर्जामा १००% जोखिम भार लाग्ने व्यवस्था छ, जसले कर्जाको पहुँचलाई कठिन बनाएको छ। लगानीकर्ताहरूले यस जोखिम भारलाई घटाएर, सेयर धितो कर्जालाई सरल र पहुँचयोग्य बनाउनु पर्ने माग राखेका छन्।
लगानीकर्ताले प्रस्तुत गरेका अन्य मागहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स