अध्यक्ष छनोट प्रक्रिया नामको मात्र देखेपछि अन्तरवार्तामा सहभागी भएनन् शर्टलिस्टमा परेका उमेदवार

अध्यक्ष छनोट प्रक्रिया नामको मात्र देखेपछि अन्तरवार्तामा सहभागी भएनन् शर्टलिस्टमा परेका उमेदवार

आज धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि शर्टलिस्टमा परेका ५ जना दावेदारहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न बोलाइएको थियो। तर अध्यक्ष छनोट प्रक्रिया नाम मात्र देखिएपछि शर्टलिस्टमा परेका उमेद्वारनै कार्ययोजना प्रस्तुत गर्न उपस्थित नभएको बुझिएको छ।

यस अघि चैत्र २९ गते विहीबार कार्यायोजना प्रस्तुत गर्नेगरी सर्टलिस्टमा परेकाहरुलाई बोलाइएको थियो। नेकपा एमालेले आफूले चाहेको व्यक्ति अध्यक्ष बनाउन खोजेपछि त्यतिबेला अर्थमन्त्री वर्षमान पुनको अमेरिका भ्रमणलाई देखाएर स्थगित गरिएको थियो।

स्रोतका अनुसार अहिले भागबन्डा मिलेको कारण अध्यक्ष छनोट प्रक्रिया एकाएक टुङ्ग्याउन लागिएको हो। राजनीतिक बाँडफाडका बीच चेपिदा क्षमता हुँदापनि अध्यक्षको कुनै सम्भावना नदेखिएपनि उनीहरू अनुपस्थित बनेका हुन्।

धितोपत्र बोर्डको अध्यक्षका लागि कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्टमा परेको थियो।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स