नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्।
सोमबार स्थानहद फुकुवापछि पहिलो पटक आफ्नो गृह जिल्ला कञ्चनपुर पुगेका नेता लेखकले देशको अवस्था चिन्ताजनक रहेको भन्दै लोकतन्त्र जोखिममा परेको टिप्पणी गरे।
उनले भने, ‘अहिले देश अप्ठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर भएको छ, लोकतन्त्र जोखिममा छ। यस्तो बेलामा सबै साथीहरू मिलेर कांग्रेसलाई जिताउनुपर्छ, बलियो बनाउनुपर्छ।’
देशको अवस्था सामान्य नभएकाले संविधानलाई पुनः लिकमा ल्याउन कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो।
स्थानहद फुकुवापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका लेखकको निर्वाचन लड्दै आएको कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसले पार्टीका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।















प्रतिकृया