सरकारले नेपालमा सूचीकरण नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। सूचीकरण नगरेका प्लेटफर्महरूलाई सरकारले ब्लक गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ। यसपछि फेसबुक, एक्स , इन्स्टाग्राम, युट्युब, वाट्सएप लगायतका प्रमुख प्लेटफर्महरू नेपालमा प्रयोग गर्न नपाउने सम्भावना देखिएको छ।
हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ जस्ता पाँचवटा प्लेटफर्मले सूचीकरण प्रक्रिया पूरा गरिसकेका छन् र यी निरन्तर सञ्चालन हुनेछन्। टेलिग्राम र ग्लोबल लिंकले पनि दर्ता प्रक्रिया अघि बढाइरहेका छन्। सूचीकरण नभएका र बन्द हुने सम्भावना भएका प्लेटफर्ममा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, थ्रेड, इमो, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, जालो, सोल, हाम्रो पात्रो, सिग्नल, वीच्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके र लाइन रहेका छन्।



















प्रतिकृया