यो साता लगानीकर्ताको भाग्य चम्काएका कम्पनीहरू कुन-कुन ?



Advertisement
Ads

यो साता सेयरबजार ४२ अंकको वृद्धिसँगै २६५७ अंकको विन्दुमा मा बन्द भएको छ। यो साता पाँचै दिन कारोबार भयो । उपसमूहगत रूपमा हेर्दा होटल र विकास बैंक बाहेक सबै सेक्टर बढेका छन्। सबैभन्दा बढी फाइनान्स उपसमूह ५.७ प्रतिशतले बढेको छ।

आइतबार ६९.८० अंकले उकालो लागेको बजारमा १२ अर्ब ९५ करोडको कारोबार भई भदौयताकै उच्च विन्दुमा कारोबार रकम पुग्यो। सोमबार थप २.४१ अंकले बढेर ११ अर्ब ८७ करोडको कारोबार भएको थियो  । त्यसपछि मंगलबार १४.०८ अंकले घटेर ८ अर्ब ९१ करोड कारोबार, बुधबार ४.४५ अंकले घटेर ८ अर्ब ९५ करोड, र बिहीबार ११.६४ अंकले घटेर ९ अर्ब २४ करोडको कारोबार भएको थियो।  गत साता मात्र ३ अंकले बढेको बजार यस साता तुलनात्मक रूपमा सुधारिएको छ।


Advertisement

यो साता उपकार लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा धेरै फाइदा कमाएका छन्। उपकार लघुवित्तको सेयर मूल्य ४६७५  रुपैयाँबाट ५९४० रुपैयाँ पुग्दा यो साता मात्रै २७.०६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको  सेयर मूल्य २०.०० प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको सेयर मूल्य १६.६१ प्रतिशतले वृद्धि भएर ८१२ रुपैयाँमा बन्द भएको छ।

च्यान्ग्दी हाइड्रोपावरको सेयर मूल्य ४६४ रुपैयाँबाट १६.२९ प्रतिशतले बढेर ३८९ रुपैयाँमा पुगेको छ। एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य २०.९० प्रतिशतले बढेर २१९७ रुपैयाँ पुगेको छ। हर्जा सेयर मूल्य ११.८५  प्रतिशतले बढेर २६९.९० रुपैयाँ पुगेको छ भने उन्नत सहकार्य लघुवित्त सेयरमूल्य १०.६८ प्रतिशतले बढेर १७१० रुपैयाँमा पुगेको छ।

युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य ९.५८ प्रतिशतले बढेर ५३७ रुपैयाँ पुगेको छ। यस्तै न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.४९ प्रतिशतले बढेर ७७५ रुपैयाँ पुगेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.४१ प्रतिशतले बढेर ७९२.१० रुपैयाँमा बन्द भएको छ।

यी कम्पनीहरूमध्ये उपकार लघुवित्तका  लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्, भने अन्य कम्पनीहरूले पनि लगानीकर्ताहरूलाई आकर्षित गर्न उल्लेख्य प्रदर्शन गरेका छन्।

TOP GAINERS 25 https://bajarkochirfar.com/which-companies-have-brightened-investors-fortunes-this-week-2 | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर