महेश बस्नेत सहितका नेतामाथि भएको आक्रमणप्रति एमालेको आपत्ति, सरकारसँग कानुनी कारबाहीको माग

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ८ गते
महेश बस्नेत सहितका नेतामाथि भएको आक्रमणप्रति एमालेको आपत्ति, सरकारसँग कानुनी कारबाहीको माग

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति कडा आपत्ति जनाएको छ। पार्टीले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको खुला प्रहार भएको बताएको छ।

आइतबार काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा हुने युवा जागरण कार्यक्रममा जाँदै गर्दा युवाहरूले ढकाल र बस्नेतमाथि दुव्र्यवहार गर्दै रातो मसी छ्याप्ने, बाटो अवरुद्ध गर्ने प्रयास गर्नुका साथै नाराबाजी समेत गरेको एमालेले जनाएको छ। कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा, बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल सहभागी कार्यक्रमपछि पनि यस्तै प्रकृतिका घटनाहरू दोहोरिन थालेको उल्लेख गर्दै सरकारले यस्ता अराजक क्रियाकलापलाई रोक्न पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “राज्य संयन्त्रले आवश्यक नियन्त्रण तथा निरुत्साहन गर्न नसक्दा राजनीतिक हिंसा उक्साउने प्रवृत्ति बढ्दै गएको छ।” एमालेले खुला आवागमन, शान्तिपूर्ण भेला र नागरिक सुरक्षामा बाधा पुर्‍याउने क्रियाकलापलाई कुनै हालतमा स्वीकार गर्न नसकिने उल्लेख गर्दै सम्बन्धित व्यक्तिहरूलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स