ट्रम्प भन्छन्-‘क्यानडाका अधिकांश मानिस आफ्नो देशलाई अमेरिकामा मिसाउन चाहन्छन्’

ट्रम्प भन्छन्-‘क्यानडाका अधिकांश मानिस आफ्नो देशलाई अमेरिकामा मिसाउन चाहन्छन्’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र क्यानडाबारे फेरि विवादास्पद बयान दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा लेख्दै भनेका छन्, “क्यानाडाका अधिकांश नागरिकहरू आफ्नो देशलाई अमेरिकाको ५१ औं राज्य बनाउन चाहन्छन्।”

उनले थप लेखे, “कसैले पनि स्पष्ट जवाफ दिन सक्दैन, किन हामी क्यानाडालाई वार्षिक एक अर्ब डलरभन्दा बढी सब्सिडी दिन्छौं। यसको कुनै अर्थ छैन! क्यानाडालीहरूले आफ्नो देश अमेरिकाको राज्य बनेर कर र सैन्य सुरक्षामा ठूलो बचत गर्न सक्नेछन्।”

यसअघि, ट्रम्पले क्यानडामा कर लगाउने कुरा उल्लेख गरिसकेका थिए। उनले अवैध आप्रवासी र लागूऔषध नियन्त्रण गर्न क्यानडा र मेक्सिकोमा कर लगाउनु आवश्यक रहेको बताएका थिए। ट्रम्पले २० जनवरीमा पदभार ग्रहण गरेपछि क्यानडा, मेक्सिको, र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

क्यानडा र अमेरिकासँग विश्वकै सबैभन्दा लामो सिमाना छ र दुई देशबीचको वार्षिक व्यापार सम्बन्ध एक ट्रिलियन डलरभन्दा बढी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स