तीन सचिवको सरुवा: जेन–जी आन्दोलन दमनमा आलोचित गोकर्णमणि दुवाडी गृहसचिवबाट हटाइए

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ७ गते
तीन सचिवको सरुवा: जेन–जी आन्दोलन दमनमा आलोचित गोकर्णमणि दुवाडी गृहसचिवबाट हटाइए

सरकारले सोमबार साँझको मन्त्रिपरिषद् बैठकबाट तीन जना सचिवको जिम्मेवारी फेरबदल गरेको छ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृहसचिव बनाइएको छ। यससँगै हालका गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ।

दुवाडीमाथि हालैको जेन–जी आन्दोलन दमनमा संलग्न भएको आरोपमा आलोचित थिए, उनीमाथि छानबिनको माग समेत उठिरहेको छ। यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स