नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज पुस २१ गते आइतबार अन्तिम दिन हो । वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार आज पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न कोषले ३० औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स