माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन गरेको छ। बैंकले सोमबार (साउन १८ गते) देखि लागू हुने गरी महानगरपालिकाभित्र सञ्चालनमा रहेका केही शाखालाई नजिकका शाखामा समायोजन गरेको जनाएको हो।
बैंकका अनुसार चितवनको हाकिमचोक शाखालाई नारायणगढ शाखामा, काठमाडौंको बालाजु शाखालाई गोंगबु शाखामा, खुसीबु शाखालाई डल्लु शाखामा, कलंकी शाखालाई स्वयम्भू शाखामा, कोटेश्वर शाखालाई नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखालाई दरबारमार्ग शाखामा समायोजन गरिएको छ।
यस्तै, कास्कीको लामाचौर शाखालाई बगर शाखामा तथा पर्साको वीरगञ्ज (लिंक रोड) शाखालाई आदर्शनगर शाखामा समायोजन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार शाखा समायोजनपछि ग्राहकले सम्बन्धित नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा यथावत रूपमा प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया