नेपाल धितोपत्र बोर्डले बैंक र बीमा कम्पनीका सहायक मर्चेन्ट बैंकको अन्डरराइटिङको अधिकतम सीमा बढाउने निर्णय गरेको छ। बोर्डको चैत्र ६ को बैठकले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली २०६४ संशोधन गर्दै मर्चेन्ट बैंकले सार्वजनिक निष्कासनका क्रममा गर्दै आएको अन्डरराइटिङ क्षमता बढाएको हो।
नियमावली अनुसार, “धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको तीन गुणासम्म प्रत्याभूति (अन्डरराइटिङ) गर्न सक्ने र लगानी व्यवस्थापकले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको १५ गुणासम्म लगानी व्यवस्थापन गर्न सक्नेछ। तर, बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीको सहायक कम्पनी र त्यस्तो कम्पनीको मुख्य कम्पनी बीच मुख्य कम्पनीले दायित्व स्वीकार्ने गरी सम्झौता भएको अवस्थामा, मुख्य कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको नेटवर्थमा नवढने गरी अन्डरराइटिङ गर्न सकिनेछ।”
अन्डरराइटिङ भनेको, यदि प्राथमिक बजारमा धितोपत्र बिक्री नगरेको खण्डमा, ती धितोपत्रको बिक्रीको जिम्मेवारी लिने प्रक्रिया हो। यसमा अन्डरराइटरले धितोपत्रको मूल्यमा ग्यारेन्टी प्रदान गर्छ र यदि बिक्री नगरेमा आफैले ती धितोपत्रलाई खरीद गर्ने जिम्मेवारी लिन्छ।
यसअघि, मर्चेन्ट बैंकहरूले आफ्नो नेटवर्थको तीन गुणासम्मको मात्र धितोपत्र अन्डरराइटिङ गर्न पाउने व्यवस्था थियो। तर अब, मातृ कम्पनीले दायित्व लिने सुनिश्चितता प्रदान गरेमा, मातृ कम्पनीको नेटवर्थ बराबरको अन्डरराइटिङ गर्न सकिने व्यवस्था गरिएको छ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया