गृह मन्त्रालयले गर्यो ७ सीडीओसहित १३ सहसचिव/उपसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

गृह मन्त्रालयले गर्यो ७ सीडीओसहित १३ सहसचिव/उपसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित ११ सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयअनुसार बुधबार सरुवा गरिएको हो।

मन्त्रालयको सूची अनुसार सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तु, भविश्वर पाण्डेलाई नवलपरासी पूर्व, कुमानसिंह गुरुङलाई बागलुङ, प्रेमप्रसाद लुइटेललाई उदयपुर र आनन्द सारुलाई अछामको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

त्यस्तै, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्याल र सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई गृह मन्त्रालय तानिएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। उनी उपसचिव हुन्।

गृह मन्त्रालयका जगदिश्वर उपाध्यायलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। यस सरुवाबाट सम्बन्धित जिल्लाहरूमा प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ।

940x380 CCI03192025 https://bajarkochirfar.com/the-ministry-of-home-affairs-has-transferred-13-joint-secretaries-deputy-secretaries-including-7-cdos-whose-responsibility-is-where | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स