भाटभटेनी सुपर मार्केटले सुरक्षागार्ड कृष्ण प्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। १५ चैत्रमा राजावादी आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाट गर्न खोज्ने समूहलाई पराजुलीले प्रतिकार गरी थप क्षति हुनबाट जोगाएका थिए। यस योगदानको कदरस्वरूप भाटभटेनीले उनलाई ५ लाख १ हजार ११ रुपैयाँ नगदसहित सम्मान गरेको छ।
साथै, पराजुलीलाई पाँच ग्रेड बढुवा गर्दै अन्य सुरक्षागार्डहरूलाई पनि ग्रेड बढुवा र नगदसहित सम्मान गरिएको छ। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले सुरक्षागार्डहरूलाई नगदसहित सम्मान गरेका हुन्।
सुरक्षागार्ड पराजुलीको प्रतिकारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। लुटपाट र तोडफोडका कारण भाटभटेनीलाई करिब ७०–८० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया