रिज लाइन इनर्जी लिमिटेडले आज माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणतर्फ कुल ११ लाख ८० हजार २ सय ६० कित्ता सेयर निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंसिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।
आईपीओ बिहान १० बजेदेखि भर्न सकिनेछ ।




















प्रतिकृया