प्रधानमन्त्री ओलीले पाल्पाको प्रशासकीय भवन भिडियो कलबाटै उद्घाटन गरे

प्रधानमन्त्री ओलीले पाल्पाको प्रशासकीय भवन भिडियो कलबाटै उद्घाटन गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाल्पाको बगनासकाली गाउँपालिकाको नयाँ प्रशासकीय भवन भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।

यद्यपि, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि उनले कार्यक्रमस्थलमा उपस्थित भएर उद्घाटन गर्ने योजना छोड्दै बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन्। उनले आफ्ना स्वास्थ्य कारण रुघाखोकी लागेर प्रत्यक्ष उपस्थित हुन नसकेको जानकारी पनि दिए।

प्रधानमन्त्री ओलीले कार्यक्रमस्थल चिर्तुङ्गधारामा पुगेर पाल्पाली जनतासँग भेट्ने चाहना रहेको बताउँदै, नयाँ प्रशासकीय भवनले स्थानीय जनतालाई अझ राम्रो सेवा र अनुभव दिने विश्वास व्यक्त गरे। उनले पाल्पा जिल्ला ऐतिहासिक, रमणीय र राष्ट्रको लागि महत्वपूर्ण भूमिका खेल्ने क्षेत्र भएको उल्लेख गर्दै, यहाँका जनताले उक्त छविलाई कायम राख्ने अपेक्षा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा सिद्धबाबा सुरुङ लगायतका विकास योजनाहरू पूरा गर्ने तयारीमा रहेको समेत जानकारी दिए।

उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री र सहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतका नेताहरू पनि उपस्थित थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स