डोनाल्ड ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी, बजार पूँजीकरण ५.५ अर्ब डलर नाघ्यो

डोनाल्ड ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी, बजार पूँजीकरण ५.५ अर्ब डलर नाघ्यो

अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्रिप्टोकरेन्सी डलर ट्रम्प ($ट्रम्प मेम ) सार्वजनिक गरेका छन् । यो क्रिप्टोकरेन्सी ट्रम्पको आगामी राष्ट्रपति पदको उद्घाटनको तयारीसँगै लञ्च गरिएको हो। उक्त किप्टो सार्वजनिक भएको केही घण्टामै बजार पुँजीकरण ५.५ अर्बमा पुगेको छ ।

यो सीआइसी डिजिटल एलएलसी द्वारा सञ्चालित गरिएको छ, जुन ट्रम्प अर्गनाइजेशनको सहायक कम्पनी हो। सीआइसीले यसअघि ट्रम्प ब्रान्डेड जुत्ता र परफ्युमजस्ता उत्पादनहरू बजारमा ल्याइसकेको छ।

शनिबार दिउँसोसम्म ट्रम्प मम क्वेनको बजार पूँजीकरण ५.५ अर्ब डलर पुगेको र यसको ८० प्रतिशत स्वामित्व सीआइसी डिजिटल एलएलसी र फाइट फाइट फाइट एलएलसी कम्पनीको रहेको छ।

ट्रम्पले सोमबार आफ्नो उद्घाटन अघि आफ्नो सिक्का सार्वजनिक गरेका हुन्। उनले आफ्नो पहिलो दिन वा त्यसपछि बिटक्वाइन र क्रिप्टो उद्योगमा कार्यकारी आदेश जारी गर्ने योजना बनाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स