पोखरा फाइनान्सको २८ औँ र २९ औँ वार्षिक साधारणसभाले समृद्धि फाइनान्ससँगको मर्जरको विशेष प्रस्ताव पारित गरेको छ। सभाले पोखरा र समृद्धि फाइनान्सबीचको मर्जर प्रस्ताव अनुमोदन गर्नुका साथै, मर्जरपछि सेयर संरचना परिमार्जन गर्ने प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। दुवै कम्पनी १:१ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रस्ताव सभाले अनुमोदन गरेको छ।
सभाले मर्जर प्रक्रियाका सम्पूर्ण कार्यहरू पारित गर्ने जिम्मेवारी लिने र मर्जरपछि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति लिएर एकीकृत कारोबार सुरु गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गरेको छ।
साथै, सभाले पोखरा फाइनान्सको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ।














प्रतिकृया