मर्जर प्रस्ताव पारित गर्न पोखरा र समृद्धि फाइनान्सको साधारणसभा आज बस्दै

मर्जर प्रस्ताव पारित गर्न पोखरा र समृद्धि फाइनान्सको साधारणसभा आज बस्दै
AdvertisementAds

मर्जर प्रक्रियामा रहेका पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडले आज माघ १४ गते आ–आफ्नो साधारणसभा आयोजना गर्दै छन्। दुवै कम्पनीले साधारणसभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने तयारी गरेका हुन्।

दुवै वित्तीय संस्था समान हैसियतमा मर्जरमा जाने सहमतिमा पुगेका छन्। संयुक्त मर्जर समितिले सेयर आदान–प्रदान अनुपात १:१ निर्धारण गरेको छ।

संयुक्त मर्जर समितिको तर्फबाट नियुक्त मूल्यांकनकर्ताले दुवै कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी पेश गरेको प्रतिवेदनका आधारमा १:१ सेयर स्वाप अनुपात तय गरिएको कम्पनीले जनाएको छ। उक्त अनुपातलाई दुवै कम्पनीको सञ्चालक समितिले स्वीकृति प्रदान गरिसकेका छन्।

यी दुई संस्थाबीच मर्जरका लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकले असोज २७ गते मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स लिमिटेड नै रहनेछ। मर्जरपछि केन्द्रीय कार्यालय पोखरामै रहनेछ भने कर्पोरेट कार्यालय काठमाडौंमा रहने व्यवस्था गरिएको छ। हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जरपछि बन्ने संयुक्त संस्थाको अध्यक्ष रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स