साना कम्पनीको सेयर निष्काशन गर्न व्यवस्था लागु, अब एउटा आईपीओ भर्न ५० हजार चाहिने

साना कम्पनीको सेयर निष्काशन गर्न व्यवस्था लागु, अब एउटा आईपीओ भर्न ५० हजार चाहिने

नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” लागु गरेको छ।  नेपाल सरकारको स्वीकृति बमोजिम बोर्डले २०८१ साल माघ ३ गतेबाट  नियमावली लागु गरेको हो।

बोर्डले नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज नेप्से र सिडिएस एण्ड क्लियरिङ्गलाई समेत पत्राचार गरिसकेको जानकारी दिएको छ ।नियमावली अनुसार अब थोरै चुक्ता पुँजी भएका कम्पनीहरूले आईपीओ निष्काशनको लागि छुट्टै प्रक्रिया अपनाउने छन्।

यस नियमावली अनुसार २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशतसम्म शेयर सार्वजनिक रूपमा निष्काशन गर्न सक्नेछन्। यो प्रक्रिया अनुसार, निष्काशन हुने कुल सेयरको ५ प्रतिशत सेयर बिक्री प्रबन्धकले र १५ प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ताले खरिद गर्नुपर्नेछ। यी लगानीकर्ताले खरिद गरेका सेयर तीन वर्षसम्म बिक्री गर्न सक्ने छैनन्। साथै, कम्पनीले पब्लिक कम्पनी बनेको १ वर्ष भित्र मात्र सेयर निष्काशन गर्न सक्नेछन्। रेटिंग अनिवार्य छैन, तर बोर्डले चाहेको खण्डमा रेटिंगको निर्देशन दिन सक्नेछ।

नियमावली अनुसार कम्पनीको आईपीओ खरिद गर्नका लागि न्यूनतम ५०० कित्ताको लागि आवेदन दिनु पर्नेछ। यदि कम्पनीले प्रति सेयर १०० रुपैयाँमा सेयर निष्काशन गर्छ भने आईपीओमा आवेदन दिन कम्तीमा ५०,००० रुपैयाँ लाग्नेछ। सेयर बाँडफाँड गर्दा पनि न्यूनतम ५०० कित्ताको सेयर नै बाँडफाँड गरिनेछ। आईपीओ बिक्री बन्द भएको १५ दिन भित्र सेयर बाँडफाँड गरिसक्नु पर्ने छ।यो नियमावली बमोजिम ३ वर्षसम्म नाफामा रहेका कम्पनीहरूले प्रिमियम मूल्यमा पनि सेयर निष्काशन गर्न सक्नेछन्।

 

Screenshot 16 1 2025 141529 sebon.gov .np https://bajarkochirfar.com/new-system-for-small-companies-share-issuance-now-implemented-ipo-application-requires-50000 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स