विद्युतीय गाडी किन्न चाहनेलाई राष्ट्र बैंकको कडाइ, डाउन पेमेन्ट बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
विद्युतीय गाडी किन्न चाहनेलाई राष्ट्र बैंकको कडाइ, डाउन पेमेन्ट बढ्यो

नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीमा दिइने कर्जामा कडाइ गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार, अब व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan-to-Value Ratio) ६० प्रतिशत कायम गरिएको छ।

यसअघि विद्युतीय सवारीको ऋण मूल्य अनुपात ८० प्रतिशत थियो। यसको अर्थ, अब विद्युतीय सवारी खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ, जुन पहिले २० प्रतिशत थियो। यसले विद्युतीय सवारीसाधन बिक्री गर्ने कम्पनीहरूलाई असर पुर्याउन सक्छ।

त्यस्तै, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा कर्जा सीमा ५० प्रतिशतबाट ६० प्रतिशत पुर्याइएको छ, जसले आईसीई सवारीसाधन विक्रेतालाई केही राहत दिन सक्छ।

476199743 989562295935392 6866649410562890889 n 1 https://bajarkochirfar.com/nepal-rastra-bank-tightens-rules-for-those-who-want-to-buy-electric-vehicles-down-payment-increases | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स