जनज्योति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नौसाद आलम भारी मतले विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ६ गते
जनज्योति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नौसाद आलम भारी मतले विजयी

रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विजयी हासिल गरेको छ।

नेविसंघका मोहम्मद नौसाद आलम सभापति पदमा १,१७४ मत प्राप्त गर्दै विजयी भए। सचिव पदमा शाहिल पुरी र कोषाध्यक्ष पदमा सम्झना कुमारी चौधरीले क्रमशः १,१२८ र १,१४८ मत प्राप्त गरे। सदस्य पदमा पनि नेविसंघले वर्चस्व कायम राख्यो।

समानुपातिकतर्फ नेविसंघले १,१२९ मत ल्यायो। कुल २,९५४ मतदाता मध्ये १,६८७ मत खसेका थिए। ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स