पहुँचमार्गबाटै फेरिएको म्याग्दीको भूगोल: चुनावमा जलविद्युत्‌को जस लिने होडबाजी

पहुँचमार्गबाटै फेरिएको म्याग्दीको भूगोल: चुनावमा जलविद्युत्‌को जस लिने होडबाजी

म्याग्दीमा पछिल्लो दश वर्षयता कूल २८६ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माण सकिएर केन्द्रीय प्रशारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजनाको निर्माण यसै वर्षभित्र सकिएर राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा रहेका छन् ।

कूल २८२ दशमलव २५ मेगावाट क्षमताका नौ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । म्याग्दीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाको केन्द्रीय ग्रिडमा जोड्नका लागि २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सवस्टेशन निर्माण भइसकेको छ ।

१३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन छ । सवस्टेशन र प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनाले गति लिन थालेको हो । कालीगण्डकी, राहुघाट र म्याग्दी नदी जलाधार क्षेत्रको भूगोलमा विभाजित म्याग्दी जलविद्युत्को हिसाबले सम्भावना बोकेको जिल्ला हो ।

प्रशारण लाइन र सवस्टेशन निर्माण गरेर जलविद्युत् आयोजना र लगानी भित्र्याउने मुद्दामा सफल भएका म्याग्दीका राजनीतिक दलका उम्मेदवारहरुले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जलविद्युत्बाट म्याग्देलीको जीवनस्तर सुधार गर्ने मुद्दा अघि सारेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) ले जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता तथा जिल्लाभरका जनतालाई सहज हुने गरी जलविद्युत्मा जोड्ने काम गर्ने बताए ।  नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रको सामाजिक क्षेत्रमा परिचालन गर्ने बजेटलाई पारदर्शी र प्रभावकारी बनाउने तथा जिल्लावासीलाई लगानीको वातावरण बनाउन नीति निर्माणमा भूमिका खेल्ने बताए ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले म्याग्दीमा निर्माण सम्पन्न भएका आयोजनाहरुले प्रभावितहरुका लागि उपलब्ध गराउनुपर्ने कुल लागतको १० प्रतिशत संस्थापक सेयर लगानीको प्रक्रीयामा भएको ढिलाई प्रति चासो देखाएका छन्।

“प्रभावितलाई सेयर लगानीमा ढिलाई हुनुको कारण र समस्या पहिचान गरेर नीतिगत हिसाबले समाधान गर्नु मेरो प्राथमिकता हुनेछ,” उनले भने “थोरै पुँजी भएका सर्वसाधारणहरुले पनि नीतिगत व्यवस्थाअनुसार सेयर लगानीको अवसर पाएमा उनिहरुको आर्थिक स्तर सुधारमा सहयोग पुग्नेछ ।”

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा वि.स. २०७७ मा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनामा संस्थापक सेयर लगानी गरेका प्रभावित क्षेत्रका बासिन्दाले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । मिस्त्रीखोला र पाँच मेगावाटको घलेम्दीखोला बाहेकका आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दाका लागि संस्थापक सेयर जारी गरेका छैनन् ।

अन्तरिम सरकार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रुपमा म्याग्दीमा चुनावी प्रतिस्पर्धा गर्न आउनुभएका  महाबिर पुनले आर्थिक समृद्धि र रोजगारीको लागि जलविद्युत् आयोजनाहरु सम्भावनाको क्षेत्र भएको बताए ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दालाई जति सक्दो छिटो संस्थापक सेयर लगानीको वातावरण बनाउनुपर्ने बताए। जिल्लाभित्रै रोजगारी, पेसा व्यवसाय, मजदुरी गर्नेदेखि प्रवासी म्याग्देलीहरुले जलविद्युत्मा लगानी गरेर आर्थिकस्तर सुधारको अवसर पाउने उनको अपेक्षा छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, पाँच मेगावाटको घलेम्दीखोला, छ मेगावाटको रेलेखोला, ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो जलविद्युत आयोजना निर्माण सकिएको छ । अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना सुरु भएको छ । ६६.५ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ ।

रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाटको मङ्गले राहुघाट, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, र २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारीमा छन् । म्याग्दीखोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दीखोला आयोजना, ५३ मेगावाटको अपर म्याग्दी–१ र ३७ मेगावाटको अपर म्याग्दीले धमाधम टनेल निर्माण गरिरहेका छन् । १४ मेगावाट क्षमताको मुदीखोला र ६५ मेघावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सुरु भएको छ ।

रघुगङ्गा गाउँपालिका–७ मा पाँच दशमलब पाँच मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

म्याग्दीको उत्तरी भेगमा बेनीबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमी खण्डमा बग्ने ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५० दशमलव ५३ मेगावाटको बेनी कालीगण्डकी गरी १७३ दशमलब ५३ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् ।

बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ । जलविद्युत् आयोजनाले बनाएको पहुँचमार्गले नारच्याङ लेकगाउँ, रघुगङ्गाको दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमङ्गले, धवलागिरीको खिवाङ, नाउरा, चेचुङ, बगर जस्ता दुर्गम बस्तिमा सडक यातायातको पहुँच पुगेको छ । सामुदायिक उत्तरदायित्वका कार्यक्रमले स्थानीय विकासमा सहयोग पुगेको छ ।

यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, स्वतन्त्र उम्मेदवार डा महाविर पुन, नेत्रबिक्रम चन्द (विप्लप)बाट क्षेत्रबहादुर घिमिरे उम्मेदवार छन् ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 parliamentary constituency 120 polling centers 132 kV Dandakhet–Rahughat line under construction 220 kV Kaligandaki Corridor Dana–Khurkot transmission line 397 voters 6 local levels 62.5 MW under construction 82 polling stations 86 9 completed projects access roads built Bagar Khola 5.5 MW Beni Kaligandaki 50.53 MW hydropower social impact central grid connection Darbang Magdikhol 25 MW Darkhola 6.5 MW economic growth and employment Magdi election candidates election preparations founder share allocation Ghalemdi Khola 5 MW Ghar Khola 14 MW hydropower potential Magdi district key hydropower projects Magdi independent Mahabir Pun Kaligandaki Garj 184 MW Labor Culture Party Binod Rana local community development local political engagement Magdi hydropower projects Magdikhol 65 MW Mangale Rahughat 37.5 MW Middle Kaligandaki 66.5 MW Mistrikhola 42 MW Mongol National Organization Bhim Bahadur Lama Mudikhola 14 MW National Republican Nepal Tul Prasad Garbuja Magdi voter demographics NCP Arjun Thapa Nepali Congress Karnbahadur Bhandari Netra Bikram Chand (Biplap) Kshetrabahadur Ghimire Nilgiri I 40.7 MW Nilgiri II 71 MW policy for small investor participation Progressive Democratic Party Devendra Kami Rastriya Janmorcha Chem Bahadur Bishwakarma Rastriya Prajatantra Party Dammarbahadur Suvedi Rele Khola 6 MW shareholder investment for affected residents substation completed Thulo Khola 21.3 MW Tiplung Kaligandaki 58 MW total capacity 286 MW UML Harikrishna Shrestha Upper Kaligandaki 65 MW Upper Magdi I 53 MW Upper Magdi II 37 MW Upper Rahughat 48.5 MW Upper Thulo Khola A 22.5 MW

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स