SHAREHUB SHAREHUB

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement Ads
मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा ८ प्रतिशत (५ करोड ५९ लाख ९३ हजार रुपैयाँ) बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत (२९ लाख ४७ हजार रुपैयाँ) नगद लाभांश समावेश छ।

प्रस्तावित लाभांश अनुमोदनका लागि कम्पनीले कात्तिक २१ मा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभाले बोनस सेयर जारीपश्चात ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साथै, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन हुनेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १४ मा बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार सो मितिसम्म कायम सेयरधनी लाभांश पाउने र सभामा सहभागी हुने योग्य हुनेछन्।

MKCL 1 https://bajarkochirfar.com/muktinath-agriculture-companys-dividend-announcement-bonus-and-cash-amount | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स