सांसद चौधरीले सरकारलाई भने, “शिक्षकहरूको माग चाँडो पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला”
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारलाई शिक्षकहरूको जायज माग सम्बोधन गर्न दबाब दिएका छन्। उनले सरकारले यथाशीघ्र शिक्षा ऐन ल्याई शिक्षकहरूको माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै चौधरीले सरकारले शिक्षकहरूको जायज माग पूरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए। उनका अनुसार, यदि सरकारले शिक्षकहरूको समस्यामा चाँडो समाधान खोजेन भने शासकहरूलाई भाग्न बाध्य बनाउने परिस्थिति उत्पन्न हुने छ।