६९ हजारभन्दा बढी अवलोकनकर्ता पुगे ‘नाइमा मोबिलिटी एक्स्पो’, दर्शक बढेपछि समय थपियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २५ गते
६९ हजारभन्दा बढी अवलोकनकर्ता पुगे ‘नाइमा मोबिलिटी एक्स्पो’, दर्शक बढेपछि समय थपियो

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवधि एक दिन थप गरिएको छ।

भृकुटीमण्डपमा गत बुधबारदेखि सुरु भएको एक्स्पो आइतबार सकिने तालिका भए पनि दर्शकको उच्च सहभागिताका कारण सोमबारसम्म लम्ब्याइएको हो। नाइमाका अनुसार विशेषगरी शनिबार सबैभन्दा धेरै अवलोकनकर्ता आएपछि पाँच दिनको अवधि पर्याप्त नहुने भन्दै एक दिन थप गरिएको हो।

प्रदर्शनीमा सवारीसाधन अवलोकन, सोधपुछ, बुकिङ तथा खरिद गर्न आउनेहरूको घुइँचो लागेको छ। पहिलो चार दिनमा कुल ६९ हजार ५ सय अवलोकनकर्ताले सहभागिता जनाएका छन्। पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय र चौथो दिन शनिबार २१ हजार ५ सय दर्शक पुगेका थिए। एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन्। दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी करिब तीन दर्जन नयाँ मोडलका सवारीसाधन यस अवसरमा लन्च गरिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स